अर्घाखाँची सिमेन्टद्धारा स्वास्थ्य चौकी निर्माण गरि हस्तान्तरण

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १३।

देशकै सबैभन्दा ठूलो र उत्कृष्ट मध्यको एक अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका वडा नं–२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्यचौकी भवनको उद्घाटन गरेको छ।

उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री  भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडका निर्देशक राजेश कुमार अग्रवालले उद्घाटन गरेका छन । अर्घाखाँचीसिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।  उक्त भवन निर्माण गर्न रु ७० लाख लागेकोथियो  ।
अर्घाखाँचीसिमेन्ट प्रा.लि कानिर्देशक राजेश कुमार अग्रवालले भन्नुने  ,“मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्य चौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहज बनाउ छ भन्ने हामीले आशा राखेको छौँ ।हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेका हौ ।”
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री  भोजप्रसाद श्रेष्ठले भने , “सम्पूर्ण जनमानसको लागि गरिएको यो प्रशंसनिय कार्यको लागि हामी अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ। बढीरहेको यस कोभिड–१९ को नियन्त्रण र मैनहिया गाँउपालिकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिनेछ। उक्त स्वास्थ्यचौकीमा ब्लड प्रेसर नाप नगर्ने, एक्स रे लिने र चिकित्सकद्वारा परमर्श लिने जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेकाले यो एक सुसम्पन्न स्वास्थ्य चौकीको रुपमा रहेको छ ।”
अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक उत्तरदायित्व कार्यहरु गर्दै आइरहेको छ । कम्पनिले मैनहिया गाँउपालिकाका विद्यालयलाई पठन पाठनका लागि साम्रगी वितरणका साथसाथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पुराउँदै आइरहेको छ ।

गतवर्ष यस कम्पनीले लुम्बिनीप्रान्तीय सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषका लागि रु ५.१ मिलियन विनियोजन गरेको थियो साथै सियारी गाँउपालिकालाई रु २००,००० नगद र पाल्पा जिल्लाको तिनाउँ र माँछागढी ग्रामीण नगरपालिका जहाँ कम्पनीको चूना ढुङ्गाखानी अवस्थित छ त्यसमा रु २० लाखको राहत सामग्री वितरण गरेको थियो।

तपाइँको प्रतिक्रिया ।