प्रतिनिधि सभा विघटन विरुद्ध जोरपाटीमा मसाल जुलुस (तस्बिरमा समाचार )
कपन अनलाइन
काठमाडौं,जेठ १२ ।नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रतिनिधि सभा विघटन गरेको भन्दै काठमाडौंको जोरपाटी चोकमा मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको घोषणा असंवैधानिक कदम भएको भन्दै बिरोध गरेको स्ववियु परिषद नेपालका अध्यक्ष निराजन नेपालले कपन अनलाइनलाइ बताए ।
मसाल जुलुसमा सहभागी भएका नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष, राजु सुनार, स्ववियु परिषद नेपालका अध्यक्ष निराजन नेपाल, युवा परिचालन समितिका अध्यक्ष पल्देन् लामा, निमा लामा, रोहित ढकाल लगायतलाइ महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
फोटो :सरोज बस्नेत
तपाइँको प्रतिक्रिया ।