बागमती प्रदेसमा नेकपा एमालेका १४ प्रदेस सभा सदस्यहरुले स्पष्टीकरणको जवाफ बुझाए

बागमती प्रदेसमा नेकपा एमालेका १४ प्रदेस सभा सदस्यहरुले स्पष्टीकरणको जवाफ बुझाए

कपन अनलाइन

हेटौडा .जेष्ठ ११।

नेकपा एमालेको नेपाल-खनाल समूहका  १४ प्रदेशसभाका सदस्यहरुले स्पष्टीकरणको जवाफ  बुझाएका छन ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको बागमती  प्रदेश संसदीय बोर्डले सोधेको  स्पष्टीकरणको जवाफमा लगभग एउटै व्यहोरोमा आफुले गल्ति नगरेको र पूर्वाग्रह राखेर आफूहरुलाई स्पष्टीकरण सोधिएको जवाफ दिएको एक प्रदेस सभा सदस्यले बताएका छन ।

यही जेठ ७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ प्रति अन्तरघात गरेको भन्दै प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, मनु सिग्देल, कुसुम कुमार  कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।