मोटरसाइकल दुर्घटनामा काभ्रेपलाञ्चोकका एक युवाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ११ ।

काभ्रेपलाञ्चोकमा भएको  सवारी दुर्घटनामा काभ्रेका २१ वर्षीय सुजन गजमेर तथा रुपन्देहीकी ५० वर्षीया प्रभावती केवटको मृत्यु भएको छ ।

काभेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ का २० वर्षीय सिजन गजमेरले चलाएको प्रदेश २–०२४ प ९१९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खोंचमा खस्दा मोटरसाइकलमा सवार गजमेरको मृत्यु भएको हो ।

मोटरसाइकल चालक सिजन भने घाइते भएको बताइएको छ । मोटरसाइकल सल्ले भुम्लु गाउँपालिका–५ जामुनीको कालो भिरस्थित सडकमा दुर्घटना भएको हो । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।