प्याब्सनले सेन्टअप परीक्षा सञ्चालन नगर्ने

कपन अनलाइन\माघ १, २०७१

पटक पटकको विवादपछि निजी विद्यालयहरूको संगठन (प्याब्सन) ले सेन्टअप परीक्षा नलिने भएको छ । मंसिर २२ गते सूचना जारी गर्दै माघ ४ गते देखि सेन्ड अप परीक्षा लिने जनाएको प्याब्सनले चौतर्फी विरोध आएपछि परीक्षा सञ्चालन नगर्ने जनाएको हो । अघिल्लो वर्षपनि विरोधहरू आउँदै गर्दा सेन्डअप परीक्षा सञ्चालन भएको थियो ।

शिक्षा नियमावली अनुसार कक्षा १० मा ७५ प्रतिशत हाजिर पुगेका जोकोही विद्यार्थीले प्रवेशिका परीक्षामा सहभागी हुन पाउने व्यवस्था आएलगत्तै सेन्डअपका बारेमा मतभेद उत्पन्न भएको थियो । बुधबार प्याब्सनले विज्ञप्ति जारी गर्दै आफू कुनै प्रकारका गैरकानुनी काम नगर्ने जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।