टोखा नगरपालिकाको चण्डेश्वरी प्रादेशिक अस्पताल लाई एनआइसी एशिया बैंकको सहयोग

टोखा नगरपालिकाको चण्डेश्वरी प्रादेशिक अस्पताल लाई एनआइसी एशिया बैंकको सहयोग

कपन अनलाइन

काठमाडौँ, जेठ ४।टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीको सक्रियतामा ३ थान अक्सीजन कन्सनट्रेटर मेसिन प्राप्त गर्न नगरपालिका सफल भएको छ । नगर प्रमुखले कोरोना महामारी नियन्त्रणमा सक्रियतापूर्वक खटिएको कामलाई सम्मान गर्दै एनआइसी एशिया बैंक ३ थान अक्सीजन कन्सनट्रेटर मेसिनसहयोग गरेको हो ।

टोखा नगरपालिकाले चण्डेश्वरीको प्रादेशिक अस्पताललाई निरन्तर सञ्चालन गर्नका लागि आवश्यक उपकरणहरु किन्ने र सहयोग लिने कामलाई प्राथमिकता दिँदै  आएको नगरपालिकालाइ एनआइसी एशिया बैंक सिइओ रोशन कुमार न्यौपानेले नगर प्रमुख प्रकाश अधिकारीलाई तीन थान ३ थान अक्सीजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेका छन् । सोहि दिन  उक्त सामानलाई चण्डेश्वरी आइसोलेशनका अनडिउटीका स्वास्थ्यकर्मीलाई नगर प्रमुखले हस्तान्तरण  गरेका छन  ।

कोभिड १९ महामारीलाई ध्यानमा राखेर टोखा नगरपालिकाले स्वास्थ्य सामाग्री संकलन र अक्सीजन प्लाण्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ । केही दिनअघि नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले “सेभ द चिल्ड्रेन” नामक आइएनजीओबाट ६ लाख ५० हजारको उपकरणहरु लिई प्रदेस अस्पतालमा हस्तान्तरण गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।