सुनसरी जिल्लाका ६ स्थानमा नेपाल खेलकुद महासंघको “कोभिड -नो भिड” अभियान
कपन अनलाइन
सुनसरी ,जेष्ठ ४।
नेपाल खेलकुद महासंघले कोभिड १९ बिरुद्धको राष्ट्रिय अभियान अन्तर्गत अग्रमोर्चामा खटिएका सुरक्षा निकायलाई सुनसरी जिल्लाका ६ स्थानमा स्वास्थ्य सामाग्री मास्क, सेनेटाईजर, सावुन, फेससिल्ड प्रदान गरिएको छ ।
महासंघका स्थायी सुरेश कमिटि सदस्य कार्कीको नेतृत्व र जिल्ला संयोजक पुष्प कार्कीको संयोजनमा प्रदेश सह संयोजक भेष कार्की, सचिवालय सदस्य उमेश सुवेदी, केन्द्रि सदस्यहरु ईश्वर बिक्रम शाह र गौरव जङ्ग राणाको उपस्थितीमा सुनसरीका ६ वटा प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा महासंघले पकली थानालाई १ हजार थान मास्क, ५ लिटर सेनिटाईजर, १२ लिटर साबुन र ५ थान फेससिल्ड, चक्रघट्टी थानालाई १ हजार थान मास्क, ५ लिटर सेनिटाईजर, १२ लिटर साबुन, चतरालाई ४५० थान मास्क, ५ लिटर सेनिटाईजर र १० लिटर साबुन, कालाबञ्जर, नडाहा र बाङ्गेबजार प्रहरी चौकीलाई समान ५ सय थान मास्क, २ लिटर सेनिटाईजर, ६ लिटर साबुन प्रदान गरेको थियो।