“रोगले भन्दा परिस्थितीले पिरोलेको समय”

“रोगले भन्दा परिस्थितीले पिरोलेको समय”

कपन अनलाइन 

काठमाडौँ, जेठ १ /अमर प्रकाश तिवारी 

सबै सकियो कहाँ बाट हुन्छ भन्नु न । कति भयो तपाइँले घरको लागि भनेर केहि नाकिन्नु भएको, आज सम्म चलाएकै थिए नि अब मेरो सबै बाटो बन्द भयो । माइती, साथीभाई, इस्टमित्र, छर छिमेकी कतै बाट सम्भब छैन । हजुर यहि कट्टु र गन्जीमा बस्नु भएको पनि ३ हप्ता भैसकेको छ, यसो सरसफाई, नुवाइ धुवाई हुन्छ नि २४ घण्टा त्यहि ओछ्यान, नभए सोफा नभय त्यहि टोईलेट। हैन टोईलेट पनि कति पटक जानु पर्ने हो, दिनमा । गए पछि येसो पानी हल्दिनु नि ।
मैले भन्देको छु है, सबै खानेकुरो सकियो, बेलुका बाट के गर्ने हो गर्नुस, म त सक्दिन, फेरी केटाकेटीहरु भोकै पर्लान, हजुरको बेलुकाको सितन नहोला, घरमा चुलो नाबल्ल्ला नि, भन्देको छु, घर चल्ने छैन नि । उ बेला धर्म गरिएको रहेछ, धन्न त्यो कोरोनो ले दु:ख दिएको छैन, नत्र पैसो नभएको बेला तेस्मा आम्दानी बन्द भएको र बचत नभएको आबस्था, यस्तो बेलामा सानो रोग लागे भने पनि आपत पर्छ । भगवानले त्यति हुन बाट बचाएका छन् । बुडीको एकोहोरो प्रहारले उ घाइते भैसकेको थियो । सिरक भित्र पनि तिखो इको आवाज बन्द भएन, आफ्को श्रीमतीको सबै प्रहारलाई सामान्य लिदै उ मुस्कुरौदै सोद्छ ? ओहो साढे सात बजेछ त, आज चिया आएन नि बुडी, बिहानै कच् कच् गरेर हुन्छ त, ल ल गरौला नि हो, केहि न केहि उपाए निकाल्छु, आहिले चिया ल्याउन नत्र, ओछ्यान छोड्न गारो हुने भयो । देसनै सकिने भैसकेको छ तिमी हाम्रो परिवारको मात्र कुरो गर्छौ । मैले हिजो नै भनेको को होइन चिनी चियापत्ती केहि छैन भनेर ।
ओछ्यानबाट नकराउनु न हो आघि पछी त बिहानै चिया दिएकै थिए नि, देशको अबस्था त हाम्रो घर बाट नै देखिसक्यो नि । चिनी चियापत्ती ल्याउनुस आनी चिया बनाउछु । नभए गुर्जो पानी र बेसार पकाई दिउ । चिया जस्तै हुन्छ कोरोना पनि भगाउछ । समयको गति संगै बर्षौ पछी आज उसलाई दरिद्री हुदै गएको महसुस भयो । जीबन को ५०औ बसन्त पार गर्दै गर्दा आज नै पाहिलो पटक होला चिया नपिइ उ ओछ्यान बाट उठेको । आफु संग भएको सबै बैंकको ए.टि.एम. कार्डहरु बोक्यो र घर बाट निस्कियो । उ आज २१ दिन पछी घर बाट बाहिर निस्केको थियो, समाचार सुन्दै/हेर्दै, चलचित्र हेर्दै, मुखपत्रमा (फेसबुक) साथिभाइसंग गफिदै उसले २१ दिन बिताएको थियो । उसलाइ आज घरबाट बाहिरिदा सधै हिड्ने बाटो आज नौलो अनुभब भयको छ । बाटोको दाया बायाका पसलहरु, स्ताम्ब, जे जति सबै छन् अनौठो र अपरिचित लाग्न थालेको थियो । कहिले काही येसो पसेर एक दुइ बोतल मार्ने ठाउ पनि उराठ मरुभूमि जस्तो देखेको छ । बाटोमा उसले चिने जानेको जस्ता कोहि भेटेन, नितान्त अनौठो र अपरिचितहरुको बिचमा उ परिचित खोज्दै हिडेको महसुस गर्छ । कसैलाइ खोज्दै हिडेको जस्तो ।
अबस्था जे भए पनि उसको यो यात्रा सीधा बैंकको ए.टि.एम. मेसिन भए तिर नै थियो, जे जसरी भएपनी २/४ माहिनाको लागि रासन पानीको व्यवस्था गर्नु नै थियो । एक पछि अर्को बैंक कार्डबाट पैसो निकाल्ने प्रयास गर्छ । करिबन १४ महिना, यसरी नै उसले ती कार्डहरुबाट पैसो निकाली रहेको थियो । पैसो हाले पो निस्किन्छ भन्ने कुरो लगभग उसले बिर्सि सकेको थियो । ब्यापार ब्यबसाय बन्द भएर उ घरमात्र बसेको लगभग १४ माहिना भइसकेको रहेछ । तेसैले होला उसलाइ दुनिया अलि आनौठो नै लाग्न थालेको थियो । बैंकमा पनि पैसो जम्म भए पो यो ए.टि.एम. कार्डहरुबाट पैसो निस्किन्छ भन्ने हेक्का पनि हुन छोडेको छ । सबै बैंकका कार्डहरुबाट प्रयास गर्दा पनि उसको हातमा पैसो आएन । निरस हुदै उ बैकल्पिक मार्ग सोच्छ । अझै यो कति समय जाने हो, व्यापार ब्यबसाय खुल्ने या सहज हुने कुनै टुंगो छैन । के चाहि गर्ने, आज रासन पानी घरमा जुटाएन भने जटिल अवस्था हुने छ । आचानक आफ्नो अफिस आगडी किराना पसल याद आउछ । उ निसंकोच त्यतै लाग्छ । “९ बज्न लाग्यो ल ल छिटो गर्नुस, पसल बन्द गर्ने बेला भयो ।” साउनीको आवाज अलि परै बाट चिन्छ, उ पाहिला छिटो लम्काउछ । “ओहो सर पो आउनु भयछ । त्यति टाडाबाट आउनु भयो, के छ सबै सन्चै हुनु हुन्छ नि ।”
साहुनीले त्यसरी कुरो गरेकोले अलि सामिप्य भयको आनुमान लगाउछ । दम्म भय झैँ गरि भन्छ के छ आराम हुनु हुन्छ नि ? बैंकमा काम थियो, बैंक नै बन्द भएछ, फर्किदा यहाँ खुलेको देखेर पसेको । घर को रासनपानी पनि सकिको थियो, तेसैले यता छिरेको । घरको रासन सकियको कुरा आभिब्यक्त गर्दा झुकेको सिर साथै मलिन र संकोचित आवाजको थियो । सायद उसको त्यो दम्मता यहानेर अलि कम्जोर देखिन्थ्यो । यसरी यो आबस्था आउने, आफ्नो ब्यबसयानै बन्द हुने, यसरी संकोचित भइ बिना कारण टाउको निहुराउने अबस्था आउला भन्ने कल्पना पनि गरेको थिएन । यसरि महामारी नै ले संसारनै स्तब्ध बनाउला भन्ने कुरो त कल्पना भन्दा पनि बाहिरको कुरो । नेपालमा २/४ दिन राजनैतिक बन्द (हड्ताल) या भारतले गरेको नाकाबन्दी भन्दा बहयायक यसरी संसारै नै एकैचोटि बर्षौ सम्म लगातार ठप्प हुने कुरो सायद कसैले कल्पनामा थिएन नै । यस्तो हुन्छ भन्ने थाहा भएको भए सबैले जोहो गर्थ्ये नै । मैले पनि जोहो गर्थिये नि ।
परिबर्तित सन्दर्भलाइ मनन गर्छ र एस्तो परिस्थिको लागि विकल्प तय गररिनु पर्ने कुरोको निर्क्योल गर्छ । दम्मतामा कुनै वास्ता नगरी साउनीले हासेर भनिन, ए सर भै हाल्छ नि के के चाहियो लानुस न । धेरै भयो सर नदेखिएको, अफिस बन्द भएको थुप्रो पो भयो होइन ? उनि अरु पनि थुप्रा कुरो गर्दै थिइन्, तर उ यहि मौकामा महिनौ सम्म पुग्ने सामान कुनै भरियालाइ बोकाएर लाने उपाय को खोजी गर्छ । यस्तो बिचारले उ फेरी भन्छ लाने त भनेको हो खै साधन छैन, के कसरी लानु, घरको लागि लाने समान त धेरै थियो । ए भै हाल्छ नि सर, हामीले घरमा नै पुराउने ब्यबस्ता गरेका छौ, तपाईलाइ के के चाहिन्छ लिस्ट दिनुस न म घर मा पुराउन लगाउछु, सर । यति सम्मान सायद उसले धेरै पछि आज पाएको होला । उसले भटाभट करिबन दुइ महिनलाइ पुग्ने रासन, चिया चिनी आदि को लिस्ट दियो ।
लोकेसन र नुम्बर पनि त्यहि लिस्ट पछाडी भयको जानकारी गरायो। आग्रह गर्दै स्वस्थ्यको ख्याल गर्ने सुझाब साहित् त्यहाबाट बिदा लिन आभिबादन गर्यो । हुन्छ सर, त्यो भरियालाई ज्याला दिनुहोला, आहिले एक ढेड घण्टमा सामान सरको घरमा नै आइपुग्छा, अरु के कति हिसाब निस्किन्छ सर यता आउदा दिदा हुन्छ नि सर । उ ह्तपत युद्ध जितेको जस्तो मूडमा आउछ । उसमा अहमतता त थियो नै तर समयले ल्याकको परिस्थिति संग सम्झौता गर्ने आबस्थाले अहमतामा लचिलोपन पनि देखा पर्यो । उनि प्रति यति कृतघ्न भयो सायद जिबन पुन रहे अव उपरान्त रासन पानीको सबै ठेक्का यही पसललाई दिने मनमनै प्रण पनि गर्यो । उनिको पसल बाट जब पाहिला बाटो तर्फ लम्कायो, उसले एउटा मिसन सकिएको बुझ्यो । यद्यपी जीबनमा धेरै त्यस्ता नया मिसन होलान तर यसरी दम्म नै तोडीएको यो पहिलो घटना हो । उ नया संकल्पका साथ् अब उप्रान्त बिहान ओछ्यान बाट उठेर मुख धोएर मात्र मात्र चिया पिउने निर्णय गर्छ ।
तपाइँको प्रतिक्रिया ।