अहिलेको राजनीति पैसा हुनेका लागि मात्र हुने खतरा भयो : सिद्दीचरण नगर प्रमुख मोहन श्रेष्ठ

अहिलेको राजनीति पैसा हुनेका लागि मात्र हुने खतरा भयो : सिद्दीचरण नगर प्रमुख मोहन श्रेष्ठ

कपन अनलाइन

ओखलढुंगा ,बैशाख २४।

ओखलढुंगा जिल्लाको सिद्दीचरण नगर प्रमुख मोहन श्रेष्ठले वर्तमान समयमा राजनीति पैसा हुनेका लागि मात्र हुने खतरा बढेको बताएका छन।  ओखलढुंगा जिल्लाको राजनीतिमा युवाहरुको भूमिका विषयमा आयोजना गरिएको जुम अन्तरक्रियामा बोल्दै श्रेष्ठले हालको प्रणालीमा चुनाव र राजनीति खर्चिलो र महँगो भएको धारणा राखेका थिए।

युवाहरुलाई राजनीतिको मूल धारमा ल्याउनका लागि सकारात्मक सोचको आवस्यकता रहेको भन्दै सतही प्रचारवाजी र पैसाको बल भन्दा संगठन र जनताहरुको विचमा घुलमिल हुन् सक्ने नेतृत्व निर्माण गर्नुपर्ने धारणा राख्दै उनले संस्कारयुक्त नेतृत्व दिन सक्ने युवा नेताहरु उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन ।

तपाइँको प्रतिक्रिया ।