चार्ली हेब्डोले प्रकाशित गरेको कार्टुन छापेका कारण फेरि जर्मन पत्रिकामा आक्रमण

चार्ली हेब्डोले प्रकाशित गरेको कार्टुन छापेका कारण फेरि जर्मन पत्रिकामा आक्रमण

कपन अनलाइन\पुस २७, २०७१

फ्रान्सको पत्रिका ‘चार्ली हेब्डो’ले छापेको कार्टुन पुनः छापेकै कारण जर्मनीको एक पत्रिकामा आइतबार आक्रमण भएको छ । कार्टुन छापेकै कारण गत बुधबार आक्रमणमा परेको ‘चार्ली हेब्डो’ पत्रिकाको कार्यालयमा रहेका १२ जना पत्रकारको ज्यान गएको थियो । आइतबार जर्मनीमा सोही कार्टुन छापेको कारणले गर्दा ‘ह्याम्बर्गर म्यागेजिन’मा आगजनी गरिएको थियो । आगजनीबाट कुनै मानवीय क्षति भने नभएको स्थानीय प्रहरीले जनाएका छन् । चार्ली हेब्डोमा आक्रमण भएपछि जर्मनीको उक्त पत्रिकाले पैगम्बर महोम्मदका तीनवटा कार्टुन छापेको थियो ।

20c26643ce89cde0a9301a9f41cee552

आक्रमणबाट पत्रिकाको भुइँतल्लाको कोठा र झ्यालहरू क्षतिग्रस्त भएका छन् । आक्रमण हुनुभन्दा केही अघि झ्यालबाट ढुंगा फ्याँकेका उनीहरूले तत्कालै बलिरहेको वस्तु फ्याँकेपछि आगलागी भएको थियो । चार्ली हेब्डोको कार्यालयमा आक्रमण गर्ने समूहले नै ह्याम्बर्गरमा आगजनी गरेको जर्मन प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।