घडेरीजसरी देशलाई प्लटिङ नगर्न कमल थापाको सुझाव

घडेरीजसरी देशलाई प्लटिङ नगर्न कमल थापाको सुझाव

कपन अनलाइन\पुस २७, २०७१

पृथ्वी जयन्तीको अवसर पारेर आइतबार आयोजित चियापान कार्यक्रममा बोल्दै कमल थापाले देशलाई घडेरीजसरी प्लटिङ नगर्न सबै पक्षसँग अनुरोध गरेका छन् । भृकुटी मण्डपमा आयोजित कार्यक्रममा थापाले देशलाई विभाजन गर्न नहुने भन्दै राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहसँग लिनुपर्ने धेरै कुरा रहेको बताएका थिए । पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाइ सार्वजनिक बिदा दिनुपर्ने माग गरिरहेका थापाले पृथ्वीनारायण शाहले त्यत्रो मिहेनत गरेर बनाएको सिँगो देशलाई जग्गा प्लटिङ गरेजसरी भागबण्डा नगर्न अपिल गरेका थिए ।

kamal-thapa123

 

कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले संविधान माघ ८ मा जारी हुने सम्भावना कम देखिएको भएपनि ढिलै गरेर भाएपनि संविधान जारी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।