ओलीको बोलीः राष्ट्रिय हितको कुरामा कसैसँग माफी नमाग्ने

कपन अनलाइन\पुस २७, २०७१

नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले राष्ट्रिय हितको कुरामा कोही कसैसँग आफू माफी नमाग्ने स्पष्ट पारेका छन् । एमाले पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफूले उनीहरूको अपमान गरेको नभइ मधेशी नेताहरू आफ्नो अपमान गरेको बताए । बैठकमा बोल्दै गर्दा आफ्नो पूरा कुरा सकिन नपाउँदै मधेशी नेताहरू बैठकस्थलबाट बाहिर निस्केका कारण उनीहरू आफूलाई अपमान गरेको जनाएका छन् । पत्रकारहरूसँगको कुराकानीमा ओलीले राष्ट्रिय हितको कुरामा आफू कसैसँग पनि झुक्ने वा माफी माग्ने काम नगर्ने दोहोर्याएका थिए ।

kp1

मधेशलाई पहाडी भू—भागमा नगाभी छुट्टै प्रदेश दिनुपर्ने भन्दै आएका मधेशी नेताहरू सम्मिलित बैठकमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै मधेशवादी दलहरूले ओलीले माफी नमागेसम्म एमाले सम्मिलित कुनै पनि बैठकमा उपस्थिति नजनाउने विज्ञप्ति जारी गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।