कपन गुम्बाका पाँच दर्जन भन्दा बढीमा कोरोना संक्रमण

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६।

कपन गुम्बाका पाँच दर्जन भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। सो गुम्बाका करिव ४ सय जनाको परिक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण देखिएको र धेरैको नतिजा आउन बाकि रहेको श्रोतले जानकारी दिएको छ।

सो गुम्बा बाट परिक्षण गरिएका सबै व्यक्तिहरुको ठेगाना बौद्ध लेखिएको र सम्पर्क नम्बर पनि सबैकोमा एकै लेखिएकोले यस वारे नगरपालिकाको स्वास्थ्य महाशाखालाई सुचना र तथ्यांक संकलन गर्न अफ्ट्यारो परेको बताइन्छ।

दिनभरको प्रयास पश्चात सम्पर्क गर्न सफल भएको बुढानिलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले धेरै ठुलो शंख्यामा उक्त गुम्बामा अध्ययन ,ध्यान र काम गर्नेहरु रहकोले जोखिमको सम्भावना पनि उच्च हुँदा  सावधानी अपनाउन आग्रह गर्दै  संक्रमितहरुको सम्पर्कमा आएकाहरुको परिक्षणको तयारी गरिएको जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।