बुढानिलकण्ठका चार जिम्मेवार कर्मचारीमा कोरोना संक्रमण,दुई डोज खोप लगाएका चालक पनि संक्रमित

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६।

बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण जिम्मेवारीमा रहेका चार जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ।पछिल्लो समय गरिएको परिक्षणमा नगरपालिकाका विभिन्न शाखामा महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीहरुमा संक्रमण देखिएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रसासन शाखा,महिला तथा बालबालिका शाखा र स्टोरका प्रमुख र लेखा शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै दुई डोज कोरोना विरुद्धको खोप लगाएका एक  चालकमा पनि कोरोना संक्रमण देखिएको छ। दुई डोज खोप लगाएका उनको परिक्षण गर्दा पोजिटिभ देखिएको नगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ।

महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीहरुमा संक्रमण देखिए संगै नगरपालिकाले अत्यावस्यक बाहेक सेवाहरु बन्द गरेर सम्पर्कमा रहेका ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिंग र परिक्षणलाई तीव्रता दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।