कागेश्वरीमा आपतकालीन एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नगर प्रमुखको अनुरोध

कपन अनलाइन

काठमाडौँ, बैशाख १६ ।कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले नेपालमा कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन अनुरोध गरेका छन् ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

साथै नगर बासि कोहि कसैलाई कोभिड भएमा वा शंका लागेमा मुलपानी नगर अस्पतालको ०१-४१५३५९३ सम्पर्क राखी सेबा लिन समेत अनुरोध गरेका छन  त्यसै गरि उनले  कोहि कसैलाई एम्बुलेन्स चाहिएमा ९८४१-६५५६२१ चिरन कटुवाल ,९८६०- ४३७७७७ बिनोद परियार ,९८६१-६६९३०६ कृष्ण बिसुन्खे कोभिड डेडिकेटेड ,९८४९-४००७८८ राजेन्द्र खडका लाइ सम्पर्क गर्न सकिने पनि जानकारी गराएका छन् ।

उनले  दिनप्रतिदिन संक्रमितको संख्या  अप्रत्याशित रुपले  बढ्दै गइरहेकोले   सबै वडाबासिहरुलाइ  नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय  काठमाडौंले जारि गरेको आदेश र निर्देशन अनुसार अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र निस्कन परेमा स्वास्थ्य मापदण्ड अपनाएर मात्र  निस्कन अनुरोध गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।