कविता(पुण्यराज पुडासैनी)
कपन अनलाइन\पुस २५, २०७१
(रेडियो पत्रकार तथा कवि पुण्यराज पुडासैनीको कविता)
शालिक
-पुन्यराज पुडासैनी
गर जे गरेनी हुन्छ, केही देख्दैन यो
भन जे भनेनी हुन्छ, केही सुन्दैन यो ।
लाख गर गाली तिमी, केही बोल्दैन यो
लात मार नजिक गई, अहँ चल्दैन यो ।
बठ्याई जती नै गर तिमी, अहँ गल्दैन यो
यसकै रगतमा मोज गर्दानी, केही बोल्दैन यो ।
सालिक न हो आखिर, बह कदापि खोल्दैन यो
तिमीले चाहँदैमा सजिलै, अहँ ढल्दैन यो ।
तपाइँको प्रतिक्रिया ।