(कला साहित्य) चार कवि चार कविता

1-Untitled-1

 

कपन अनलाइन\पुस २५, २०७१

कपन अनलाइन पछिल्लो समय सहित्यवाचन कार्यक्रम आयोजनामा निरन्तर कृयाशील छ । कपनमा रहेको कपन संगीत सरोवर र आधारशिला कपनसँग सहकार्यमा ‘कसार’ नामक साहित्यिक कार्यक्रम हरेक महिनाको पहिलो शनिवार आयोजना हुनेगरेको छ ।   ‘चार कवि चार कविता’ शीर्षकमा आज हामी कपन अनलाइन सम्बद्ध कविहरूको कविता पस्केका छौँ । कवि बसन्त गौतम कपन अनलाइनका फोटो सम्पादक हुन् ।  कविहरु दामोदर भट्टराई र अशोकराज पाण्डे कपन अनलाइनका उपसम्पादक हुन् । कवि  केशव पाठक कपन अनलाइनका सम्पादक हुन् ।

1-_BGP0517

 

 

एकथान प्रश्नहरु

–केशव पाठक

 

आजकाल एकथान प्रश्नहरु मेरा मानस पटलमा
शंकरे डाँडाको बिम्ब बोकेर हल्लिखल्लि मच्चाउँछन् ।

डाँडो हुनु प्रकृतिको महान नमूना हो 
तर डाँडो खारेर कमाउनेहरुले शंकरे डाँडोको महत्व बुझेनन्
डाँडो हुनुसँगै सभ्यता र संस्कृतिको नमूना देखिन्छ
तर सभ्यता तिलाञ्जली दिनेहरुलाई शंकरे डाँडोको के अर्थ
आजकाल एकथान प्रश्नहरु मेरा मानस पटलमा
शंकरे डाँडाको बिम्ब बोकेर हल्लिखल्लि मच्चाउँछन् ।

के तिमीमा शंकरे डाँडो प्रश्न बनेर आउँछ कहिले काही ?
तिमीलाई के शंकरे डाँडो तिम्रो सभ्यता जस्तो लाग्छ ?
के शंकरे डाँडो तिम्रो जस्तो लाग्छ तिमीलाई ?
कि शंकरे डाँडो थियो भन्ने बिर्सिसक्यौ तिमीले ?
हैन भने किन आउँदैन तिमीमा शंकरे डाँडो प्रश्न बनेर ?
किन शंकरे डाँडो बचाउन भरपर्दाे आवाज उठाएनौ तिमीले ?
आजकाल एकथान प्रश्नहरु मेरा मानस पटलमा
शंकरे डाँडाको बिम्ब बोकेर हल्लिखल्लि मच्चाउँछन् ।

तिमीमा तिमी हुनुको अस्तित्व जति छ
कपनमा शंकरे डाँडो हुनुको अस्तित्व त्यो भन्दा धेरै हो
किनकी तिमी पक्का मर्छौ तर प्रकृती तिमीले नमारी मर्दैन ।
कपने हुनुको अस्तित्व शंकरे डाँडो हुनु पर्दैनथ्यो र ?
तर तिमीले शंकरे डाँडो हुनु र नहुनको भेद छुट्याउन सकेनौ
तिमी, तिमी नहुनुको योभन्दा ठूलो उदाहरण अरु के होला ।

को हौ तिमी ?
तिमी कपने त पक्कै होइनौ ।
यदि तिमी कपने भएको भए तिमीमा शंकरे डाँडो दुख्नु पथ्र्यो ।
आजकाल एकथान प्रश्नहरु मेरा मानस पटलमा
शंकरे डाँडाको बिम्ब बोकेर हल्लिखल्लि मच्चाउँछन् ।

 

 

 

1-_BGP0513

 

इच्छा

-अशोकराज पाण्डे

बजारमा,
फुटेको कौडी जस्तै मूल्य थियो मेरो
आत्मा बेचेको छु
र पो त धनी भा’छु ।

शक्तिशाली बन्न मन लाग्यो
मुटु नै बेचिदिएँ
कायरहरूको माझमा
र पो त शक्तिशाली भा’छु ।

अझै धनी हुने इच्छा जाग्यो
मष्तिष्क नै बेचिदिएँ
पागलहरूको बजारमा
र पो त धनी भा’छु ।

त्यतिले पुगेन, तृप्त हुने इच्छा जाग्यो
शरिरै बेचिदिएँ
बेश्यालयको कोठीमा
र पो त बेश्या भा’छु ।


अझै बिदेशी बन्न मन लाग्यो
देशै बेचिदिएँ
बिदेशीको हातमा
र पो त शरणार्थी भा’छु ।

काकाकुल बन्न मन लाग्यो
नदीनाला नै बेचिदिएँ
छिमेकीलाई
र पो त मन्त्री भा’छु ।

हुँदा हुँदा प्रधानमन्त्री बन्न मन लाग्यो
आमा नै बेचिदिएँ
र पो त नेता भा’छु।

 


1-_BGP0501

तिमी

-दामोदर भट्टराई बद्रि

जल , थल, आकास पातल तिम्रै रजाई चल्दौ रैछ
घर,गोठ,जंगल अनि मनमा पनि आगो बल्दो रैछ
हास्ँदै , रमाउदै ,चपाउदै, राक्षस बनेका छौ तिमी
आफनै मातृभुमि माथी बलात्कारगर्दै साहसी योद्धा बनेका छौ तिमी

चण्ड,मुण्ड,भुत,प्रेत सुनेको कथा आजभोली देखिदो रैछ
आलो रगतसंगै घाउ माथी कथा कहानी लेखिदै रैछ
हास्ँदै , रमाउदै ,चपाउदै, राक्षस बनेका छौ तिमि
आफु शिखर चढ्न लास माथी रमाउने विजेता बनेका छौ तिमी 

हिमाल,पाहाड, तराई ! सुन्दर नेपाल सुन्दा मिठो हुदो रैछ
आधा आधा बाड्दा पनि तिनका किताबमा नेपाल विशाल हुँदो रैछ
हास्ँदै , रमाउदै ,चपाउदै, राक्षस बनेका छौ तिमी 
आफ्नै आमालाई टुक्राउने असल सन्तान बनेका छौ तिमी 

धर्म, भाषा,रितिथिति कुल्चिएर संस्कारी जीवन बाँच्न खोजिँदो रैछ
चुच्चो, चेप्टो, थेप्चो आकारप्रकारले मात्र आफ्नो बनिदो रैछ
हास्ँदै, चपाउदै, रमाउदै राक्षस बनेका छौ तिमी
सत्ता र शक्त्तिप्राप्तिपछि रक्तपात मच्चाउने महान नेता बनेका छौ तिमी

मान,सान, इज्जत प्रतिष्ठा , मुल्य मुल्यमा किन्न पाइदो रैछ
मन,मनमा बैरी बनेरै पनि, सयौ थुँगा गाँइदो रैछ
हास्ँदै , चपाउदै, रमाउदै राक्षस बनेका छौ तिमी
उठाउने, पर्छाने, लडाउने कुशल अगुवा बनेका छौ तिमी । 

 

 

1-_BGP0522

रहर लाग्छ 

-बसन्त गौतम

रहर लाग्छ, कहिले मलाई सगरमाथा बोकौँ बोकौँ
कहिले लाग्छ हिँउको डल्लो कसार बनाई टोकौँ टोकौं
चन्द्र सूर्य झण्डालाई फहराउन पाउँ सँधै
वागमती र विष्णुमतीमा स्नान गर्न पाउँसँधै ।

स्वतन्त्र छु म नरोक कोही मलाई
परिआए जाई लाग्छु नचलाउ दुश्मन मलाई
शिरमा मेरो सगरमाथा टोपी बनाई लगाई हिँड्छु
छातिभित्र चल्ने मुटु देशकै लागि सुम्पेको छु
पहाड मेरो घरको पर्खाल, तराई मेरो आँगन हो
सगरमाथा घरको छाना चुहिदैन कहिले कतै
पौरखी मेरा हात पाखुरा चलाउन सकुँ सँधै
दश नंग्रा खियाएर मानो मुठी उब्जाउँ सँधै ।

 

भोक लागे कहिले मलाई आफ्नै माटो मिठो लाग्छ
प्यास लागे कहिले मलाई सप्तकोशी प्यास मेट्छ
रहर लाग्छ, कहिले मलाई सगरमाथा बोकौँ बोकौँ
कहिले लाग्छ हिँउको डल्लो कसार बनाई टोकौँ टोकौं ।

तपाइँको प्रतिक्रिया ।