गोकर्णेश्वर नगरपालिकाको आधारभूत तह ( कक्षा ८)को परिक्षा स्थगित

गोकर्णेश्वर नगरपालिकाको आधारभूत तह ( कक्षा ८)को परिक्षा स्थगित

कपन अनलाइन

काठमाडौं बैशाख १५।  गोकर्णेश्वर नगरपालिका शिक्षा  युवा तथा खेलकुद शाखाले नगरस्तरीय आधारभूत तह (कक्षा ८ )उत्तीर्ण परिक्षा कार्यक्रम स्थगित गरिएको  सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ। गोकर्णेश्वर नगरपालिका  शिक्षा  युवा तथा खेलकुद शाखा प्रमुख उप सचिब विजय प्रसाद आचार्यले जारि गरेको उक्त सुचनामा नगरपालिकाको मिति २०७८ साल बैशाख १४ गतेको निर्णयअनुसार नगरस्तरीय आधारभूत तह (कक्षा ८ )उत्तीर्ण परिक्षा कार्यक्रम अर्को सुचना नभए सम्मको लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।