कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाको अपिल

कागेश्वरी मनोहरा नगरपालिका  प्रमुख कृष्णहरि थापाको  अपिल

कपन अनलाइन

काठमाडौं बैशाख १५।   कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले कोभिड १९ को बढ्दो संक्रमण नियन्त्रणको लागि नगरपालिका भित्रका बिभिन्न शाखा कार्यालय, वडा कार्यलय, संघ संस्था स्कुल कलेज डिपार्टमेन्ट स्टोर पार्टी प्यालेस जस्ता भिड भाड हुने स्थानमा नेपाल सरकारले जारि गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरि अत्यावश्यक कार्य मात्र सम्पादन गर्न सार्वजनिक सुचना मार्फत      अपिल  गरेका छन  । नगर प्रवक्ता राजाराम पुडासैनीले जारि गरेको उक्त सुचनामा

 नेपाल सरकारले खोपको व्यवस्था गरे बमोजिम तोकिएको उमेर समूहका ब्यक्तिहरुले सम्बन्धित तोकिएका अस्पतालहरुमा उपस्थित भई अनिवार्य खोप लगाउन समेत अनुरोध गरेका छन भने नगरपालिकाको नगर अस्पताल मुलपानी र आलापोट स्वास्थ्य चौकीमा  खोप लगाएका ब्यक्तिहरुले दोस्रो खोप २०७८ साल बैशाख अन्तिम हप्ता देखि सोहि स्थानमा खोप लगाउने भएको हुँदा सम्पर्कको लागि ९८४१३५७७९२ (लक्ष्मी कोइराला स्वास्थ्य अधिकृत )वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अनुरोध  गरिएको उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।