बज्र इन्टरनेसनल कलेजको क्याम्पस प्रमुखमा डा. मधुसुदन न्यौपाने

बज्र इन्टरनेसनल कलेजको क्याम्पस प्रमुखमा डा. मधुसुदन न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४।

काठमाण्डौ जोरपाटीमा रहेको बज्र इन्टरनेसनल कलेजको क्याम्पस प्रमुखमा डा. मधुसुदन न्यौपाने नियुक्त भएका छन। करिव १४ वर्ष उक्त कलजेमा सेवारत रहेका डा.न्यौपानेलाई क्याम्पस व्यवस्थापले  प्रमुखमा नियुक्त गरेको हो।

लामो समय देखि पत्रकारिता र शिक्षा क्षेत्रमा सक्रिय रहेका डा. न्यौपानेले पत्रकारिता विषयमा विद्यावारिधि गरेका छन भने अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन।

कानुन विषयमा स्नातक रहेका उनले उक्त कलेजमा प्राध्यापक र कोअर्डिनेटर लगायतको जिम्मेवारी बहन गर्दै क्याम्पस प्रमुखको रुपमा नियुक्ति पाएका हुन।

आगामी दिनमा कलेजो प्राज्ञिक र शैक्षिक विकासका लागि पहल गर्ने बताउदै उनले महत्वपूर्ण जिम्मेवारीका लागि क्याम्पस व्यवस्थापनलाई धन्यवाद दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।