बुढानिलकण्ठ नगरपालिकामा अर्को सूचना नभएसम्म विभिन्न सेवाहरु बन्द

बुढानिलकण्ठ नगरपालिकामा अर्को सूचना नभएसम्म विभिन्न सेवाहरु बन्द

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४।

बुढानीलकण्ठ नगरपालिकामा तिब्र गतिमा संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै सम्भावित जोखिमलाई न्यूनिकरण गर्न नगरपालिकाको कार्यालयबाट सम्पादन गरिने घर नक्सा पास सम्बन्धि अत्यावश्यक बाहेकका सेवा अर्को सूचना प्राप्त नभएसम्मका लागि स्थगित गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले जारी गरेको बिज्ञप्तिमा  वित्तिय कर्जा र वैदेशिक यात्रा प्रयोजनको घर नक्सा पास गर्ने कार्य बाहेक अन्य घर नक्सा पास सम्बन्धी सम्पुर्ण कार्यहरु मिति २०७८ बैशाख १४ गते देखि अर्को सूचना प्राप्त नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिइएको छ।

यसबाट सेवाग्राहिमा पर्न जाने असुबिधाप्रति नगरपालिका क्षमाप्रार्थि रहेको उल्लेख गर्दै  हालको परिस्थितिमा  भिडभाड नगर्न र सहभागी नहुन  नगरपालिकाले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।