सम्मुनत जालपा देबी युवा क्लब गोकर्णेश्वर ३ द्वारा शैक्षिक सामग्री   वितरण

सम्मुनत जालपा देबी युवा क्लब गोकर्णेश्वर ३ द्वारा  शैक्षिक सामग्री   वितरण

कपन अनलाइन

काठमाडौं, बैशाख १२ । सम्मुनत जालपा देबी युवा क्लब गोकर्णेश्वर ३ ले शैक्षिक सामग्री  वितरण   गरेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं २ पाखाथोक स्थित श्री भिमदेब  आधारभूत बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्तर्गत ब्याग, कापी ,कलम, क्यालकुलेटर लगायतको सामग्री  वितरण गरेको हो।

क्लबमा आवद्द  स्वयं सेवीहरुको आर्थिक सहयोगमा उक्त बिद्यालयका १४० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।विद्यार्थीलाई पठनपाठनमा सहजता गराउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जानकारी गराएको छ।

स्थापना भएको छोटो अवधिमा  सम्मुनत जालपा देबी युवा क्लब गोकर्णेश्वर ३ ले बिभिन्न  सामाजिक कार्यमा सक्रियता देखाउदै आएको छ।  कोरोना कहरमा  जनचेतना जगाउने देखि लिएर मास्क, स्यानीटाईजर वितरण, सरसफाई ,रक्तदान ,वृक्षारोपण लगायतका धेरै सामाजिक  कामहरु गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।