नेवानीसहित चार एयरलाइन्स कम्पनी असुरक्षितको सूचीमा

नेवानीसहित चार एयरलाइन्स कम्पनी असुरक्षितको सूचीमा

कपन अनलाइन\२०७१, पुस २४

एकपछि अर्को दुर्घटनाको शिकार भैरहेको नेपाली आकाशको बारेमा अर्को एक तथ्य बाहिर आएको छ । एयरलाइन्सको रेटिङ गर्ने वेवसाइटले गरेको सर्वेक्षणमा नेपाली आकाशमा उडान भरिरहेका चार एयरलाइन्सलाई असुरक्षित सूचीमा राखिएको छ ।

domestic-flights16

युरोपियन युनियनको ब्ल्याकलिष्ट, पछिल्ला वर्षहरूमा बढेको दुर्घटना, सेफ्टी सर्टिफिकेट आदि विषयलाई आधार मानेर गरिएको सर्वेक्षणमा नेपालको नेपाल एयरलाइन्स, अग्नि एयरलाइन्स, तारा एयर र यति एयर सूचीमा परेका थिए ।

कूल ७ अंकमा गरिएको सर्वेक्षणमा नेपालका तीन एयरलाइन्सले १ अंक प्राप्त गरेका थिए भने यति एयरलाइन्सले २ अंक प्राप्त गरेको थियो ।

सन् २०१३ मा सञ्चालित वेवसाइटले विश्वका चार सय उनान्चास एयरलाइन्समा गरेको सर्वेक्षणले अस्टे«लियाको क्वान्टस एयरलाइन्सलाई सबैभन्दा सुरक्षित देखाएको छ ।

तपाइँको प्रतिक्रिया ।