माधव नेपालसहित एमालेका ४ नेताको रिट सर्वोच्चमा दर्ता

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एमालेकै वरिष्ठ नेता माधव कुमार नेपालसहितका ४ नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बिहीबार नेपालसहितका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट तिलक थापाको वारेसनामा रिट दर्ता भएको छ । रिटमा ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक भएको तथा हालै सोधिएको स्पष्टीकरण पनि पार्टी विधानविपरित भएको दावी गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।