काठमाडौ महानगरपालिका वडा नं २६ को कार्यालय भवन उदघाटन

कपन अनलाइन

काठमाडौं ,बैशाख ९।

काठमाडौँ महानगरको वडा २६ कार्यालय भवन उद्घाटन गरिएको छ । २०७५ माघ ३ गते  काठमाण्डौ  महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेको सो वडा कार्यालय  भवन बैशाख ८ गते उनैले उदघाटन  गरेका हुन्  ।

८ आना जमिनमा ९ हजार ५५० बर्गफुट क्षेत्रफल भएको साढे ३ तले भवन निर्माणको लागत ४ करोड ३९ लाख रुपैयाँ हो । भवनको जमिन तला २ हजार ५ सय बर्गफुटको छ । सहरी स्वास्थ्य सेवासहित भवनको माथिल्लो तलामा करीब १ सय व्यक्ति अट्टाउने सभा कक्ष छ ।

सो भवन उद्घाटन कार्यक्रममा  वडा वडा नं २६  को सामाजिक, आर्थिक विकास तथा व्यवस्थापनमा सहयोग गर्ने संघ, संस्था, क्लव तथा समिति, आमा समूह र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।फोटो सौजन्य : काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।