बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक अन्त्य
कपन अनलाइन
हेटौडा ,बैशाख ७।
बागमती प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मंगलवार एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख प्रसाईले जारी गरेको सूचनामा उल्लेख भएअनुसार आज मंगलवार रातको १२ बजेदेखि प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य हुनेछ ।
तपाइँको प्रतिक्रिया ।