नेपाल खेलकुद महासंघलाई “बुढा” भन्दा युवा पौडेलको खाँचो छ : अनेरास्ववियु अध्यक्ष ऐन महर

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ७।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले नेपाल खेलकुद महासंघको नेतृत्व गर्नका लागि “बुढा” भन्दा युवा पौडेलको आवस्यकता रहेको बताएका छन।

रास्ट्रिय सभा गृहमा आयोजित नेपाल खेलकुद महासंघको रास्ट्रिय कार्य कर्ता भेलालाई संबोधन गर्ने क्रममा संस्थापक अध्यक्ष पुरुषोत्तम पौडेल  र भेला बाट चयन भएका अध्यक्ष रमेस पौडेल विच उमेर समुहको तुलना गर्ने सो धारणा राखेका थिए।

नेपालको खेलकुद क्षेत्रलाई नीतिगत र व्यवहारिक रुपमा चलायमान बनाउन जोश र जाँगरले भरिएको युवा गतिशील नेतृत्व आवस्यक रहेको भन्दै अध्यक्ष महरले विद्यालय र उच्च शिक्षा अध्यायन गर्ने संस्थामा खेलकुद गतिविधि सहित खेलाडी उत्पादनका लागि अनेरास्ववियु र महासंघ विच सहकार्यको प्रस्ताव गरेका थिए।

तपाइँको प्रतिक्रिया ।