व्यक्तित्व विकार : गोविन्द शरण पिएचडी ( मनोविज्ञान )

व्यक्तित्व विकार : गोविन्द शरण पिएचडी ( मनोविज्ञान )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

व्यक्तित्व विकार Narcissistic Personality Disorder भएका व्यक्तिहरूका लागि Social media निकै हानिकारक हुनसक्छन् । उनीहरूले सधैं क्भाि–अभलतभचभम क्रियाकलाप गर्ने र ती क्रियाकलापको चभकउयलकभ नकारात्मक आए आक्रोशित हुने, सकारात्मक आए फुरुंग पर्ने र कुनै प्रतिक्रिया नआए निकटस्थहरूलाई डस्ने स्वभाव विकसित गरेका हुन्छन् ।
यदि कसैलाई ‘मेरा विचारहरू अकाट्य हुन्छन्, मेरो वरिपरी फेसबुक घुम्नुपर्छ, म विश्वको सर्वश्रेष्ठ मान्छे हुँ, मेरो कुराको अनादर गर्नु भनेको चरम अज्ञानता हो’ भन्ने लाग्छ र सधैं ‘मेरो प्रतिभाका कारणले ममाथि कुनै वखत पनि आक्रमण हुन सक्छ’ निकटस्थहरूलाई सुनाउने गर्ने वानी विकसित भएको छ भने सचेत हुनुपर्छ  एस्ता मान्छेहरू अत्यन्त घमण्डी, संवेदनशील, तार्किक, यदाकदा निकै उच्चतहका विद्वान तथा वैज्ञानिक पनि हुन सक्छन् ।
विज्ञहरूले Narcissistic Personality Disorder  भएका मान्छेहरू अत्यन्त आत्मकेन्द्रीत स्वभावका हुनेहुँदा सानो आलोचना पनि सहन नसक्ने हुन्छन् । यस्ता व्यक्तिहरूलाई सामाजिक संजाल हानिकारक हुनसक्छ । उनीहरूको कुरा वेवास्ता हुँदा डिप्रेसनमा जाने वा अन्ततः आत्महत्याको गलत निर्णय पनि गर्न सक्छन् । यो एकप्रकारको व्यक्तित्व विकार हो, मनोचिकित्सा र मनोबैज्ञानिक परामर्शबाट पूर्णतया निको हुन्छ ।
आत्मकेन्द्रीत व्यक्तिले विश्वलाई आफुवरिपरी घुमेको देख्न चाहेको हुन्छ अचम्मको कुरा के हो भने यस्ता व्यक्तिहरूले आफु अत्यन्त विद्वान भएको, देवदत्त भएको, आफुले ज्ञानप्राप्त गरेको, शक्ति प्राप्त गरेको र आफु विश्वको कल्याण वा विनाशका लागि आएको भन्नेजस्तो दावी पनि गर्न सक्छन् । अनि, आफ्ना क्रियाकलापले अरूलाई विश्वस्त तुलाउन सक्ने पनि हुन्छन् । कुनै पनि कामको उत्तरदायित्व भने स्वीकार्न चाहन्नन् । यस्ता मान्छेहरूमा ‘म विशेष व्यक्ति हुँ’ भन्ने भ्रम हुन्छ । त्यसैले सहयोग पनि अस्वीकार गर्न सक्छन् ।

तपाइँको प्रतिक्रिया ।