गीत : प्रीति कौर

गीत : प्रीति कौर

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

परदेशमै रोइ बसें मायालाई सम्झिएर
उनकै चिनो रेशमी रुमाल हातमा लिएर
परदेशमै रोइ बसें मायालाई सन्झिएर।

झझल्कोमा आइदिन्छिन् बिरह गाइदिन्छिन्
टलटल आँशु बनी आँखाबाट रसाइदिन्छिन्
कयौं रात जागै बिते सम्झनामा छल्किएर
उनकै चिनो रेशमी रुमाल हातमा लिएर।

पखेटा छैनन् उडेर जाउ म कसरी
सपनाको बाटो उनलाई बोलाउ कसरीं
बित्ने भो आधा जोवन कल्पनामा कल्पिएर
उनकै चिनो रेशमी रुमाल हातमा लिएर।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।