गीत : छायादत्त न्यौपाने

गीत : छायादत्त न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

बिहानको घाम राम्रो फूल डाली पात
बेलुकीमा जून राम्रो पौरखीको हात

तन राम्रो मन राम्रो श्रम झनै राम्रो
फूल राम्रो पात राम्रो वास्ना झनै राम्रो
गति लिने जीवन रे सिर्जना हो राम्रो
उत्पादन दिन्छ सधैं माटो कति राम्रो ?

सुन राम्रो चाँदी राम्रो मान्छे आफै राम्रो
रूप राम्रो बोली राम्रो बानी झनै राम्रो
खनेखोस्रे खेतबारी अन्नबाली राम्रो
मुस्कानमा छल छैन ओठ कति राम्रो ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।