मेरा बिस सुसेली :निर्मलरमण पराजुली (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २८।
(१) कर्म नै धर्म
वास्तबिकता रैछ
जीवनको मर्म
(२) स्नेह र माया
बेदनाको भकारी
जीबन छाया
(३)भोकोछ पेट्
कोरोनाको कहर
बन्दछ गेट
(४) जग्गे सिन्दुर
बिश्वासको सम्बन्ध
मन मन्दिर
(५) मिठो छ कुरा
बिश्वासको खडेरि
धस्यो छुरा
(६) स्वार्थी जगत्
नाता सम्बन्ध कैद्
रैछ फगत
(७) कपाल सेता
बालुवाटर कता
बस्छन नेता
(८) प्रेम बिछोड्
कलीयुगे पुराण्
रैछ निचोड
(९)भाग्य खराब्
कोरोनाको कहर
माया धराप
(१०) आखाले देखे
भोगेका कुरा सबै
सुसेली लेखे
(११) हाम्रो शहर
कोरोनाको कहर
हर प्रहर
(१२) बाबु र आमा
जिबित भगवान
बस्छन मन्मा
(१३) गरीबी आस
गास बास कपास
बिदेसी बास
(१४) हृदय भित्र
प्यारो मेरो नेपाल
खोपेको चित्र
(१५) घासीको काम
साहित्यको हो राम
अमर नाम
(१६) स्वास्निको दुख
कर्म हाराले सधै
ठान्छन सुख
(१७) खादा र माला
नैतिकता बेचेर
मन्चमा जाला
(१८) जान्छ चितामा
जस्ले लिन सक्दैन
ज्ञान गीतामा
(१९) योग साधना
जीबन बाच्ने कला
गरे कामना
(२०) सगरमाथा
शिरमा ढाका टोपी
झुक्दैन गाथा
(सहकार्य कपन बानेश्वर साहित्यिक साप्ताहिक )