काठमाडौं महानगरपालिका–३० रातोपुलमा भारतीय नागरिक मृत भेटिए

काठमाडौं महानगरपालिका–३० रातोपुलमा भारतीय नागरिक मृत भेटिए

कपन अनलाइन

काठमाण्डौ , चैत्र २५।

काठमाडौं महानगरपालिका–३० रातोपुलमा एक भारतीय नागरिक मृत भेटिएका छन् । रातोपुलमा डेरा गरेर बस्ने कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल मृत फेला परेका हुन् ।

दरबारमार्ग स्थित कस्मेटिक सप्लाईसम्बन्धी कार्यालयमा काम गर्ने मण्डलको शव डेरामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।