गुडविल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति प्रहरीको नियन्त्रणमा

गुडविल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५।

ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले गत शनिबार यस संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई झन्डै ८० करोड रुपैयाँ ठगेको आरोपका पक्राउ गरेको थियो। उनलाई प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

उनलाई पक्राउ गरेपछि प्रहरीले यस संस्थाका सञ्चालक समितिमा रहेका सबै जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए। नौ जना पक्राउ परेका छन्।

उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको परिसरले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।