गोकर्णेश्वर नगरपालिकामा ‘पोड वे’ संचालनका लागि स्थलगत निरीक्षण

गोकर्णेश्वर नगरपालिकामा ‘पोड वे’ संचालनका लागि स्थलगत निरीक्षण

कपन अनलाइन

काठमाडौं,चैत्र २५ ।गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र सवारी चापलाई सहज बनाउनको अत्याधुनिक “पोड वे”यातायात प्रणाली  संचालन  गर्नको लागि डिपीआर निर्माणको लागि  मंगलबार पोडवे कम्पनीका प्रेसिडेन्ट Mr.Jan peter Wall सहितको प्राबिधिक टोलि द्वारा फिल्ड निरीक्षण गरेका छन। सोमबार अमेरिकन नागरिक, काठमाडौं पोड वे का प्रेसिडेन्ट Mr. Jan Peter wallलाइ नगर प्रमुख सन्तोष चालिसेले  नगरपालिकामा स्वागत गर्दै सवारी चाप कम गर्ने सहयोग पुग्ने उक्त नया प्रबिधिको लागि  गोकर्णेश्वर नगरपालिका लाइ नै छनौट गरेकोमा धन्यबाद दिएका थिए ।

यात्रीहरुलाई कम समयमै सुरक्षित तरिकाले यात्रा गराउनका लागि  भित्र्याउन लागिएको उक्त पोड वे जसमा सुन्दरीजल देखी बौद्ध पिपलबोट सम्म  त्यसै गरि बौद्ध पिपलबोट देखि आरुबारी सम्म  र बौद्द पिपल बोट देखि दक्षिणढोका सम्म गरि करिब १७ किलोमिटर सम्म जडान को लागि प्राबिधिक टोलिले स्थानको अवस्थाको बारेमा जानकारी लिएका थिए  भने सुन्दरीजल सम्म त्यसलाई विस्तार गर्नको लागि त्यहाको भौगोलिक अवस्थाको बारेमा समेत निरीक्षण गरेका थिए।

 प्राबिधिक टोलि संगै फिल्ड निरीक्षणमा  नगरपालिकाका उप प्रमुख शान्ती नेपाल  सहित वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो  उक्त आयोजनाको लागि करिब १० अर्ब रकम लाग्ने जसमा डी पी आर निर्माण देखि लाग्ने खर्च आयोजक कम्पनिको नै रहने छ, यदि सो आयोजना संचालनमा आएको खण्डमा नेपालमा गोकर्णेश्वर नगरपालिका पहिलो पोड वे संचालन गर्ने नगरपालिका हुने जानकारी गराइएको थियो ।

हेर्दा केबलकार जसतै देखिने सो पोड वे  बाट यात्रा हालको तुलनामा ४ गुणा छिटो हुनेछ भने  प्रति किलोमीटर ६ देखि १० रुपैया शुल्क लाग्ने सो पोड  वे चार किसिमको हुने जानकारी गराइएको थियो, जसमा लक्जरी, अपांगता मैत्री, कार्गो र नर्मल चार सिटे रहेको जानकारी गराइएको थियो। सडक पेटी माथि माथि गुड्ने उक्त   आयोजना संचालन आएको खण्डमा सडकमा सवारी चाप  कम हुने मात्र नभई सौर्य उर्जा बाट चल्ने हुँदा प्रदुषण समेत कम हुने जानकारी गराइएको थियो।

फोटो :आशिष तामाङ

तपाइँको प्रतिक्रिया ।