सर्लाहीको रणनीतिक सडक शिलान्यास
कपन अनलाइन
काठमाडौं, चैत्र २५ ।सर्लाही भारत सिमाना बाट चौलिखा हुदै सागरनाथ बाट फुल्जोर दुङखोरिया सुखीपुर हुदै सिन्धुली मदन भण्डारी राज मार्ग सम्मको रणनीतिक सडक शिलान्यास भएको छ । सर्लाही जिल्लाको विकासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो सडकलाई प्राथमिकतामा राखेर सर्लाही क्षेत्र नं २का सांसद मेहन्द्र राय यादबले चयन गरेका हुन।
सो सडक चयन गर्नको लागि इश्वरपुर नगरपालिका प्रमुख मनोज देबकोटा र उप प्रमुख एकबति देबी चौधरीको समेत समेत पहल रहेको थियो भने उक्त सडकको लागि स्थानीय नेकपाका युवा नेता शिव केसी रमेश घिमिरे ,इश्वरी चापागाईं दिलिप बुढाथोकी उज्वल चापागाई लगायतले प्राथमिकतामा राख्नको लागि पहल गर्दै आएको स्थानीय नेकपाका युवा नेता दिलिप बुढाथोकीले कपन अनलाइनलाइ जानकारी गराए । साथै सो सडकको शिलान्यास पश्चात स्थानीय खुसि भएको पनि उनले बताए यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गरेका छन।प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट शनिबार बिहान सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शिलान्यास गरेका हुन् ।