ओखलढुंगामा भएको गुट भेला हो, एमालेको जिल्ला कमिटी बैठक हैन : यज्ञराज सुनुवार

ओखलढुंगामा भएको गुट भेला हो, एमालेको जिल्ला कमिटी बैठक हैन : यज्ञराज सुनुवार

कपन अनलाइन

ओखलढुंगा,चैत्र २५।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले चैत्र २४ गते जिल्लामा भयो भनिएको एउटा पक्षको गुट भेला भएको प्रतिक्रिया दिएका छन।

सर्वाच्च अदालतको फागुन २३ गते निर्णय अनुसार २०७५ जेष्ठ २ गतेको अवस्थामा पार्टी रहेको भन्दै सुनुवारले  सोहि वेलाको कमिटी मात्र आधिकारिक रहेको बताएका छन।

ओखलढुंगा जिल्ला बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुनुवारले सो पश्चात एकलौटी रुपमा गठन भएका कमिटी आधीकारिक नरहेको बाताउदै यस्ता गतिविधि बाट नझुक्किन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन।

हाल जिल्ला कमिटीमा मोहन श्रेष्ठ अध्यक्ष ,नेत्र भट्टराई उपाध्यक्ष र शंकर कटवाल सचिव रहेको कमिटी नेकपा एमालेको आधिकारिक र निर्वाचित कमिटी रहेको भन्दै उनले अन्य कुनै पनि नेतृत्व मान्य नहुने धारणा राखेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।