काठमाण्डौमा चार नगरपालिकाका शिक्षक शिक्षिकाहरुका लागि मनोसामाजिक सहयोग तालिम

काठमाण्डौमा चार नगरपालिकाका शिक्षक शिक्षिकाहरुका लागि मनोसामाजिक सहयोग तालिम

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २४।

काठमाण्डौमा चार नगरपालिकाका शिक्षक शिक्षिकाहरुका लागि मनोसामाजिक सहयोग सम्बन्धि तालिम प्रदान गरिएको छ।

काठमाडौं महानगरपालिका, तार्केश्वर, टाेखा र बूढानीलकण्ठ नगरपालिकामा रहेका १८ वटा सामुदायिक बिद्यालयमा अध्यापन गराउदै आएका शिक्षक शिक्षिकाहरुका लागि पहिलो चरणमा ४ दिन र दोश्रो चरणमा ३ दिनको मनोसामाजिक सहयोग सम्बन्धि तालिम प्रदान गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाको मानव अधिकारका लागि महिला एकल महिला समुहकाे छहारी भवनमा शुरु भएको तालिमको प्रशिक्षकमा जमुना महर्जन र अनुराधा आचार्य रहेका छन।

विभिन्न गतिविधि गर्दै आएको गैर सरकारी संस्था  कुमुदिनीको आयोजना र वर्ल्ड चाइल्ड हुड फाउन्डेसनको सहयोगमा भएको तालिममा शिक्षक शिक्षिकाहरुको सक्रिय सहभागिता रहेको गैर सरकारी संस्था महासंघ काठमाण्डौका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।

बालिकाहरुका लागि समान संसार भन्ने लिएर गतिविधि गर्दै आएको संस्थाले जवरजस्ति करणीका सेवाग्राही र मानव बेचबिखनमा परेका बालिकाहरुका लागि सहयाेग गरिरहेको संस्थाकी अध्यक्ष पुजा महतोले जानकारी दिएकी छन।

 

तपाइँको प्रतिक्रिया ।