वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ बाट लायन अन्नत प्रसाद भेटुवाल सम्मानित

वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ बाट लायन अन्नत प्रसाद भेटुवाल सम्मानित

कपन अनलाइन

काठमाडौं ,चैत्र २४ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का पुर्व गभर्नर तथा हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल  वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके  स्टार २०२१ बाट सम्मानित भएका छन ।आइतबार लायन्स क्लब अफ काठमाडौं क्रिएटिभ युथ द्वारा ललितपुर महालक्ष्मीस्थान स्थित डीलाइट पार्टी भेन्युमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

 

 उनलाई कोरोना महामारीको बिचमा  लायन्स  लायन्स आइसोलेसन केन्द्र स्थापनागर्न महत्वपूर्ण भूमिका खेल्नुको साथै लायन्स फुड बैंक स्थापना गरि निशुल्क खाना वितरण लगायतको थुप्रै  सामाजिक तथा मानवीय सेवामा पुर्याएको योगदानको कदर गर्दै  वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ बाट सम्मान गरिएको हो । उनलाई उक्त संस्थाका अध्यक्ष सन्तोष शुक्लाले सम्मान गरेका हुन सम्मान पश्चात बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का पुर्व गभर्नर तथा हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले सेवा गर्नको लागि नै लायन्समा आवद्द भएको जानकरी दिदै सम्मानको लागि धन्यबाद दिएका छन।

उनले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने नाराको साथमा काम गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने बताएका छन । उनले उक्त सम्मानले थप सामाजिक तथा मानवीय सेवाका  कार्य गर्न प्रेरणा मिलेको भन्दै सो सम्मानको हकदार आफु मात्र नभई सम्पूर्ण सेवा गर्छु भनेर लागेका लायन्स लिडर  सदस्यहरुको साथै सो कार्यमा  सहयोग गर्ने सबैमा  समर्पित भएको बताएका थिए।

उनले  विदेशमा आँखा बैंक, रगत बैंक जस्तै छाला बैंक पनि हुन्छन् जसबाट छालाका रोग भएका तथा आगोबाट जलेका मानिसको उपचार गर्न सजिलो हुन्छ। नेपालमा पनि  लायन्स क्लबले  स्किन बैंक स्थापना गरेको  हुँदा छाला दान गर्न को लागि अनुरोध गरेका छन। ‘आगोले जलेकाहरूको उपचारका लागि छाला आवश्यक पर्छ । समयमा छाला नपाउँदा इन्फेक्सन भएर कतिपय बिरामीको मृत्युसम्म हुने गरेको छ,’ भेटुवालले भने, ‘भारत पुगेर छाला ल्याउँदा डेढदेखि चार लाख रुपैयाँसम्म खर्च हुन्छ ।छाला किन्न मुम्बईसम्म जाँदा–आउँदा बिरामीका आफन्तले अनावश्यक खर्च गर्नु परिरहेको छ । लायन्स क्लबले काठमाडौंको कीर्तिपुरमा ‘लायन्स स्किन बैंक’ स्थापना  गरेको जानकारी दिएका  थिए ।

पर्याप्त जनचेतना नभएका कारण छाला दान गर्नेको संख्या बढ्न नसकेको बताउदै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक–३२५ ए १ ले विभिन्न स्थानमा सचेनता फैलाउँदै हिँडेपछि पछिल्लो समय  धेरैले छाला दानका लागि नाम टिपाएको उनले बताएका थिए  । ‘‘छाला दान, जीवनदान’को नयाँ अवधारणाका साथ मृत्युपर्यन्त  छाला  दान गर्न आह्वान गरेका थिए  । ।कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।