गोकर्णेश्वर नगरपालिकामा  साइबर क्राइम सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम हुने

कपन अनलाइन 

काठमाडौं, चैत्र ५। गोकर्णेश्वर नगरपालिकामा  साइबर क्राइम सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम हुने भएको छ। पछिल्लो समय इन्टरनेट  मार्फत  भइरहेको साइबर  अपराध र सोबाट बच्ने उपाय सम्बन्धि जानकारी दिने उदेश्य सहित गोकर्णेश्वर नगरपालिकाको आयोजना र वेबबैंकको  संयोजनमा  साइबर क्राइम सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम हुन लागेको हो।  २०७७ साल चैत्र ६ गते शुक्रबार दिनको १ बजे गोकर्णेश्वर नगरपालिकाको सभाहलमा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा हुन् लागेको सो कार्यक्रममा सहभागी हुनको लागि आयोजकले अनुरोध गरेको छ  ।

 

तपाइँको प्रतिक्रिया ।