तादी गाउपालिका खरानीटार नुवाकोटमा चैत्र ८ र ९ गते नि:शुल्क स्वास्थ्य शिविर हुने

कपन अनलाइन

नुवाकोट , चैत्र ५। तादी गाउपालिका खरानीटार नुवाकोटको आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुने भएको  छ ।२०७७ साल  चैत्र ८ र ९ गते खरानीटार अस्पताल नुवाकोटमा काठमाडौं मेडिकल कलेज सिनामंगल काठमाडौंको समन्वयमा हुन लागेको उक्त स्वास्थ्य शिविरमा जनरल मेडिसिन, प्रशुती तथा स्त्री रोग, मानसिक तथा नसारोग ,हाडजोर्नी, नाक कान घांटी सेवा ,आँखा तथा दन्त सेवा ,न्युरो सर्जन तथा बाल ,किड़नी रोग समबन्धी सेवाका साथै भिडियो एक्सरे सेवा लगायतका अन्य सेवाहरु प्रदान गरिने हुँदा उक्त स्वास्थ्य शिविरमा सहभागी भएर परिक्षण गर्न गाउपलिकाले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।