अन्दाजी साढे दुई किलो युरेनियम सहित चार जना बौद्द बाट पक्राउ

अन्दाजी साढे  दुई किलो  युरेनियम सहित चार जना बौद्द बाट पक्राउ

कपन अनलाइन 

काठमाडौं फागुन २८ ।अन्दाजी साढे २ किलो युरेनियमसहित  बौद्ध बाट चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

अन्दाजी साढे दुई किलो युरेनियम सहित निजहरूलाई काठमाण्डौं, टुसाल – ६ बौद्धबाट पक्राउ गरीएको थियो । नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको छ । उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर अनुसार अनुसन्धान भई रहेको छ । युरेनियम २३५ को अन्तर्राष्ट्रिय मूल्य प्रतिकिलो १८ अर्ब रुपैयाँ पर्न जान्छ । एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन बढी कोइलाबाट निस्कने तातो ऊर्जा बराबर हुने बताइन्छ । युरेनियम पारमाणविक भार भएको रेडियोधर्मी धातु हो ।

फोटो : नेपाल प्रहरी

तपाइँको प्रतिक्रिया ।