लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा चैत्र १ गते बृहत रक्तदान हुने

लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा चैत्र १ गते  बृहत रक्तदान हुने

कपन अनलाइन

काठमाडौं,फागुन २८।  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा चैत्र १ गते आइतबार   बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

आइतबार नेपाल मेडिकल कलेज अत्तरखेलको प्राङ्गणमा बिहान १० बजे  देखि अपरान्ह २ बजे सम्म सुरक्षित तवरले आयोजना गर्न लागिएको सो कार्यक्रममा उपस्थित भई रक्तदान गर्नको लागि लायन्स क्लब अफ काठमाडौं जर्निको प्रेसिडेन्ट  लायन रोजिना बिष्ट (रोज)ले सबैलाई अनुरोध गरेकी छिन । लायन्स क्लब अफ काठमाडौं जर्नीले हरेक तीन तीन महिनामा बिभिन्न संस्थाहरु संगको सहकार्यमा रक्तदान कार्यक्रम गर्दै आएको र सोहि अनुसार चैत्र १ गते पनि नेपाल मेडिकल कलेज ट्रेड युनियन संग मिलेर रक्तदान कार्यक्रम गर्न लागिएको पनि उनले  बताइन

तपाइँको प्रतिक्रिया ।