चन्द्रागिरि १ दहचाेकमा राखियाे नेकपा एमालेकाे बोर्ड र झण्डा
कपन अनलाइन
काठमाडौँ, फागुन २८ ।तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बिच एकता भए पश्चात सुनसान जस्तै बन्दै आएकाे तत्कालिन नेकपा एमालेकाे चन्द्रागिरि नगरपालिका १ नम्बर वडा कमिटी दहचाेक पाटी कार्यालयमा नेकपा एमालेकाे बोर्ड र झण्डा राखिएकाे छ । सर्वाेच्च अदालले नेपाल कम्युनिष्ट पाटी नेकपा रिषि कट्टेलकाे हुने आधिकारीकता दिदै नेकपा एमाले र माओवादी व्युतीएकाे जानकारी गराएसगै उत्साहित भएका दहचाेकका नेता तथा कार्यकर्ताहरुले बिहिबार बोर्ड र झण्डा राखीएकाे हाे ।
चन्द्रागिरि नगरपालिका १ दहचाेक खहरेमा रहेकाे नेकपा एमालेकाे कार्यालयमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य हरिशरण थापा, युवा नेता सत्यराम गिरी, काठमाडौं जिल्ला सदस्य अन्नत सिग्देल, दहचाेकका वडा नम्बर १का वडा अध्यक्ष राजेन्द्र केसी,वडा सदस्य गाेविन्द थापा लगायतकाे नेतृत्वमा जम्मा भएका कार्यकर्ताहरुले एमालेकाे बोर्ड टागेका हुन ।
नेकपा एमाले केन्द्रीय सदस्य हरिशरण थापाले बर्तमान राजनीति परिस्थितिबाट कुनै पनि नेता तथा कार्यक्रता निरासा हुननहुने बताउदै राष्ट्र र राष्ट्रियताका लागि एक ढिक्का भएर लाग्न नेता तथा कार्यक्रताहरूलाई निर्देशन दिए । उनलेे भने, केपी ओली सरकार देश र जनताकाे अग्रगमनकाे वाटाेमा र विकास समृद्धिकाे दिसामा उन्मुख हुँदै गर्दा बिकास र समृद्धि काे बाटाे देख्न नचाहाने तत्वले हिलाे पानीमा माछा मार्दैमा कहिले सफल हुनैसक्दैन ।” नयाँ नेकपा एमालेकाे बाेड राख्दै नेता तथा कार्यकर्ताहरुले जनताकाे बहुदलिय जनवाद जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाउदै खुसि ब्यक्त गरेका थिए ।