बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को भवन शिलान्यास

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं ,फागुन २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को भवन शिलान्यास गरिएको छ।

बुढानीलकण्ठ नगरपालिका र  जिल्ला समन्वय समिति काठमाडाैँकाे सहकार्यमा  उक्त भवन  डथुगाँउ चाेकमा करिव  डेढ राेपनी क्षेत्रफलमा अनुमानित  ८५ लाखको लागतमा निर्माण हुनेछ ।

उक्त भवन शिलान्यास  कार्यक्रममा प्रदेश सभा सदस्य  दीपक निराैला, बागमती प्रदेश सभा सदस्य . भिमसेन खत्री, जिल्ला समन्वय समिति काठमाडाैँ प्रमुख  शिवसुन्दर राजवैद्य, जिल्ला समन्वय समिति काठमाडाैँ उप प्रमुख सरिता ढाहाल, बुढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेल,  उप प्रमुख रमा देवी राइ , जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, गैर सरकारी संस्था महासंघ अध्यक्ष प्रदिप डंगाेल, वडा अध्यक्ष बसनारायण महर्जन लगायतको  उपस्थिति रहेकाे थियाे ।

 

तपाइँको प्रतिक्रिया ।