महिलाहरूलाई अधिकार सम्पन्न बनाउन समाजमा रहेका कुरीतिहरूमा परिवर्तन गर्नु आवश्यक छ : वडा सदस्य नन्दलाल श्रेष्ठ ( गोकर्णेश्वर ८)

महिलाहरूलाई अधिकार सम्पन्न बनाउन समाजमा रहेका कुरीतिहरूमा परिवर्तन गर्नु आवश्यक छ : वडा सदस्य नन्दलाल श्रेष्ठ ( गोकर्णेश्वर ८)

कपन अनलाइन 

काठमाडौं फागुन २३  ।महिला हिंसा अन्त्य गरौ  मूल नाराको साथमा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ८   माकलबारीमा लक्ष्मी नारायण  महिला समाज द्वारा आयिजित  लैंगिक हिँसा निवारण तथा समुदायमा आधारित बाल संरक्षण  कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठले  आयोजकलाइ  धन्यवाद दिदै महिला हिंसा अन्त्य गर्न सबै जना एक जुट  हुनु पर्ने बताए ।

जब सम्म महिलाहरुलाई हेर्ने दृष्टिकोण र उनीहरुलाई गरिने व्यवहारमा  सकारात्मक  परिवर्तन  आउदैन तब सम्म महिलाहरु पिडित भईनै रहने भन्दै त्यसको न्यूनीकरणका लाही कानुन बनाएर मात्र नभई त्यसको कार्यन्वयन पक्ष बलियो हुनु पर्ने बताए।

उनले महिला हिंसा अन्त्यको लागि अनुशासित  समाज निर्माण गराउनुपर्नेमा जोड दिएका थिए  महिला हिंसा अन्त्यका लागि  अनुशासित  समाज निर्माणका लागि प्रत्येक महिलाहरुले आफ्नो हक अधिकार र कर्तब्य के हो ? कसरि हिंसा जन्य क्रियाकलापबाट जोगिन सकिन्छ भन्ने बारे शिक्षित , चेतनशिल सभ्य र अनुशसित हुनु आवश्यक  आवश्यक रहेको भन्दै  महिलाहरुलाई सम्मान गर्न सिकाउनु आजको आवश्यकता भएको बताए ।पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँदेखि विभेदको शिकार हुँदै आएका नेपाली महिलाउपर हुने ज्यादती बिरुद्द सामाज एक जुट हुनु पर्ने आवश्यकता औल्याउदै आधा आकाश ओगट्ने महिला भनिए पनिअधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको  बताए।

उनले रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलतार शरीरमाथि अरूले नियन्त्रणMAHILAAगर्ने प्रवृतिको कारण पनि महिला माथि हिंसा भएको अवस्था छरूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिककोरूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलतार शरीरमाथि अरूले नियन्त्रणगर्ने प्रवृतिको कारण पनि महिला माथि हिंसा भएको अवस्था  रहेको बताए।  महिला भएकै कारणले महिला माथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा वौद्धिक शोषण,दमन, यातना र दुर्व्यवहारहरूलाई अन्त्य  गर्नु पर्छ भन्दै उनले महिलाहरूलाई अधिकार सम्पन्न बनाउन समाजमा रहेका कुरीतिहरूमा परिवर्तन गर्नुपर्ने बताए ।

 

तपाइँको प्रतिक्रिया ।