नारी दिवसको अवसरमा उन्नन्ति महिला समाज गोकर्णेश्वर ८  द्वारा आयोजित १ दिने  महिला स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

नारी दिवसको अवसरमा उन्नन्ति महिला समाज गोकर्णेश्वर ८  द्वारा आयोजित १ दिने  महिला स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,फागुन २५ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न विभिन्न कार्यक्रम गरी मनाइएको  छ । त्यसैको सन्धर्भमा उन्नन्ति महिला समाज गोकर्णेश्वर ८  द्वारा १ दिने  महिला स्वास्थ्य सम्बन्धि जनचेतनामुलक  कार्यक्रम सम्पन्न भएको छ।   महिलाहरुको महिला नै साथी, आत्म बिश्वास जगाउदछ उन्नति भन्ने मूल नाराको साथमा एक दिने महिला स्वास्थ्य (गाइनो समबन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो  ।

 गोकर्णेश्वर नगरपालिका वडा नं८ बेसी गाउमा भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता समेत रहेका  मनोज कुमार ढुंगाना वडा सदस्य नन्दलाल श्रेष्ठ,गोकर्ण प्राथमिक अस्पताल प्रमुख डा सृजना पाण्डेय,  समाज सेवी भावना ठकुरी  लगायत    उन्नति महिला समुहका पदाधिकारीहरु सहित स्थानीय महिलाहरुको  उपस्थिति रहेको थियो कार्यक्रमको   अध्यक्षता उन्नती महिला समुहकी अध्यक्ष ज्योति खरेलले गरेकी थिइन कार्यक्रममा डा सृजना पाण्डेयले नियमित स्वास्थ्य जाँच सबैका लागि आवश्यक  रहेको बताएकी थिईन।

अहिले सबै स्वास्थ्य संस्थामा नियमित रूपमा सबै रोगको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था भए पनि रोगले नच्यापेसम्म जँचाउन  नजाने प्रबित्ति रहेको जसले गर्दा रोगले विकराल रूप लिएपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने चलन छ जुन गलत  भएको बताइन ।

 सबैले वर्षको एकपटक नियमित स्वास्थ्य जाँच गराउनु आवश्यक  रहेको पनि बताएकी थिइन । उनले महिला स्वास्थ्यको बारेमा प्रशिक्षण प्रदान गरेकी थिइन  ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रवक्ता एबम गोकर्णेश्वर ८ का वडा  अध्यक्ष मनोज कुमार ढुंगानाले आयोजकलाइ धन्यबाद सहित महिला दिवसको शुभकामना ब्यक्त गरेका थिए। उनले   सामाजिक परिवर्तनको लागि आँट र धैर्यता आवश्यक रहेको बताएका थिए उनले स्वाथ्य नै ठुलो धन भएको बताउदै रोग लागेपछि जान्छु भनेर नबसीकन स्वस्थ रहँदैमा स्वास्थ्य जाँच गर्नुपर्ने बताउदै  यसले नै स्वस्थ र बलियो बनाउने अनि मात्र  अरु काम गर्न सक्षम हुने बताए  । स्वास्थ्यको लागि सबै भन्दा जरुरी हुन्छ नियमित र सुनियोजित जीवनशैली । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बुढो देखिन्छ त्यसैले हामी स्वस्थ रहन जरुरी  रहेको बताए।

 जब बिरामी हुन्छ अनि उपचार गरौला भन्ने मानसिकता हाम्रो मन मस्तिष्कबाट निकल्नु जरुरी  रहेको बताउदै   जीवनमा सबैभन्दा ठूलो खुशी निरोगी रहनु नै  हो उनले भने । निरोगी भयो भने आफ्ना संगै परिवरको इच्छ पुरा गर्नका साथै  समाज परिवर्तन गर्न पनि सकिन्छ उनले भने ।कार्यक्रममा समाज सेवी भावना ठकुरी, वडा सदस्य नन्दलाल श्रेष्ठ  लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।