टोखा नगरपालिका वडा नं ६ मा कौशी खेती तालिम सम्पन्न

टोखा नगरपालिका वडा नं  ६ मा कौशी खेती तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,फागुन २०।

टोखा नगरपालिका वडा नम्बर ६ मा टोखा नगरपालिका कृषि शाखाबाट दुई दिने कौसी खेती एवम् कम्पोस्ट मल बनाउने तालिम संचालन गरिएको छ। उक्त तालिम टोखा नगरपालिका वडा ६ निवासी ७० जनाले कौशी खेती तालिम लिएका थिए। तालिम सफलता पुर्बक सम्पन्न भएको र उक्त तालिमबाट प्रशिक्षार्थीहरुले राम्रो शिक्षा पाएको र थोरै भए पनि ताजा हरिया तरकारीहरु तथा फलफुलहरु आफै उत्पादन गरि उपभोग गर्ने आफुहरुलाई बिश्वास रहेको वडा ६ का वडा सदस्य चन्द्र श्रेष्ठले बताए ।

साथै यस तालिमले वातावरण संरक्षणमा समेत भुमिका वहन गर्ने आफुहरुले बिश्वास रहेको पनि जानकारी दिनुभयो। तालिममा सबै प्रशिक्षार्थीहरुलाइ कौसि खेती सम्बन्धि सामाग्रीहरु बितरण गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।