तारकेश्वर नगरपालिकामा कहाँ लगाउन पाइन्छ कोभिड -१९ विरुद्धको खोप ?

तारकेश्वर नगरपालिकामा कहाँ लगाउन पाइन्छ कोभिड -१९ विरुद्धको खोप ?

कपन अनलाइन

काठमाडौं  ,फागुन २०।

तारकेश्वर नगरपालिकामा फागुन २३ गतेबाट सञ्चालन हुन लागेको दोस्रो चरणको कोरोना भाईरस कोभिड-१९ विरुद्धको खोप दुई ठाउँबाट संचालन हुने भएको छ । फागुन २३ गते आइतबारबाट सञ्चालन हुन लागेको दोस्रो चरणको खोप अभियानमा तारकेश्वर नगरपालिकाको वडा नं ६ को धर्मस्थली स्वास्थ्य चौकी र वडा नं ८ को वडा कार्यालयबाट खोप सेवा सन्चालन हुन लागेको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका जनप्रतिनिधि लगायतले प्रहरी अस्पताल महाराजगन्ज र शिक्षण अस्पताल महाराजगन्जबाट कोभिड विरुद्धको खोप लगाएका थिए । पहिलो चरणमा शिक्षण अस्पताल महाराजगन्जबाट १४९ जनाले कोभिड विरुद्धको खोप लगाएका थिए ।

तपाइँको प्रतिक्रिया ।