चम्पादेवीमा कांग्रेसलाई झट्का ,ज्ञान प्रकास मावी व्यवस्थापन समितिमा नेकपा मिलेर लड्ने

चम्पादेवीमा कांग्रेसलाई झट्का ,ज्ञान प्रकास मावी व्यवस्थापन समितिमा नेकपा मिलेर लड्ने

कपन अनलाइन

ओखलढुंगा ,फागुन २०।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठनमा भएको राजनीति र प्रतिस्पर्धाले निर्वाचनको झल्को दिदै गर्दा ज्ञान प्रकास मावी घोराखोरी अहिले बहसको  केन्द्रमा रहेको छ।

गाउँ पालिकाका ८ वटा वडाका विद्यार्थीहरु अध्ययन गर्दै आएको ज्ञान प्रकास मावी सो क्षेत्रको पुरानो र चर्चित विद्यालय हो जसलाई कम्युनिस्टहरुको केन्द्रका रुपमा लिने गरिएको छ।

पछिल्लो समय नेकपामा देखिएको विवाद संगै गाउँपालिकाका विद्यालयहरुमा निर्वाचन मार्फत व्यवस्थापन समिति गठन हुँदा राम्रो नतिजा हाशिल गरेर उत्साहित बनेको नेपाली कांग्रेस ज्ञान प्रकास मावीको व्यवस्थापन समितिमा पनि बिजयी बनेर इतिहास बनाउने गहिरो तयारीमा लागेको एक शिक्षक बताउछन।

फागुन २५ गते हुने विद्यालय व्यवस्थापन समितिमा आफु समर्थित अभिभावकहरुलाई निर्वाचित गरेर व्यवस्थापन समितिको अध्यक्षमा प्रभावशाली व्यक्तिलाई पठाउने तयारीमा रहेको नेपाली कांग्रेसलाई नेकपाका कारण झट्का लाग्ने सम्भावना देखिएको एक स्थानीय बुद्दिजीवी बताउछन।

गाउँपालिकाको अर्को महत्वपूर्ण विद्यालय ज्ञान प्रकास मावी फुलवारीमा नराम्रो संग पछारिए पछि चम्पदेवी नेकपाका दुवै पक्ष सघन छलफलमा रहेको जानकारी दिदै एक नेताले कम्युनिस्टहरु मिलेर जानका लागि पुर्व विद्यार्थीहरुको पनि चर्को दवाव रहेको बताए।

बामपन्थी पकड गुमाउन दिनु हुदैन भन्नेमा दुवै पक्ष सहमत रहेकोले सो विद्यालय व्यवस्थापन समितिमा मिलेर अगाडी बढ्ने लगभग निश्चित भएको बताउदै उनले आन्तरिक तयारी तिव्र बनेको जानकारी दिएका छन।

गाउँपालिकाको महत्वपूर्ण शैक्षिक संस्थाका रुपमा रहेको सो विद्यालयको व्यवस्थापन समितिमा नेकपा चम्पादेवीका नेता ऋषि न्यौपाने निर्वाचन मार्फत नै विजयी बनेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।