मनास्लु वर्ल्ड कलेज चाबहिल चुच्चेपाटीमा बि. बि. एस.को नया भर्ना खुल्यो

मनास्लु वर्ल्ड कलेज चाबहिल चुच्चेपाटीमा बि. बि. एस.को नया भर्ना खुल्यो

कपन अनलाइन

काठमाडौं फागुन १८ । चाबहिल चुच्चेपाटीमा संचालित मनास्लु वर्ल्ड कलेजले बि. बि. एस.को  नया भर्ना प्रकृया सुचारु गरेको छ।प्लस टू को भर्नामा राम्रो छाप बनाएको मनास्लु वर्ल्ड कलेजले बि. बि. एस. तथा अन्य स्नातक तहका कार्यक्रमहरुलाइ पनि समाबेश गर्ने तयारी गरेको छ  ।कलेजका अध्यक्ष गेन्द्र लामाले यस वर्ष १२ कक्षा उत्तीर्ण गरी बसेका विधार्थीहरुलाई शुभकामना दिदै मनास्लु वर्ल्ड कलेजको ढोका सबैकोलागि खुल्ला रहेको बताएका छन् ।

संस्थाका प्रबन्ध निर्देशक राजन श्रेष्ठले आफ्नो ट्याग लाइन ‘ अ होम फर फ्युचर लिडरस ‘ लाई ध्यानमा राखेरै सबै पठन-पाठन सञ्चालन भइरहेको र हुँदै जाने बताएका छन्। युवा उद्यमीहरुद्वारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.ली द्वारा सञ्चालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर आधुनिक प्रतिस्पर्धी विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको  बताउने श्रेष्ठले कुना काप्चामा रहेका सबै वर्ग,तह तप्काका विद्यार्थीहरुले अध्ययन गर्न पाउने शैक्षिक सस्था भएको बताएका छन  ।

अहिले धेरै शैक्षिक सस्थाहरु सेवामुखी भन्दा नि ब्यापार मुखी भइरहेको र बिशेष त निजी शैक्षिक सस्था माथि जुन आरोप लाग्ने गरेका छन त्यसलाई चिर्नको लागि र नेपालको शैक्षिक जगतमा नयाँ आयाम दिने उदेश्यका साथ स्थापना गरिएको  मनास्लु वर्ल्ड कलेजले बि. बि. एस. मा नया भर्ना सुचारु गरिएको जानकारी गराएका छन    ।

तपाइँको प्रतिक्रिया ।